सामाजिक अगुवाहरूको क्षमता विकासमा गुर्भाकोट–८ को जोड

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिकाको ८ नम्बर वडा कार्यालयले सामाजिक अगुवाहरूको विकासमा जोड दिएको छ। सामाजिक अगुवाहरूका लागि नेतृत्व विकास तथा सूचना प्रविधिको प्रयोग सम्बन्धी ३ दिने अनुशिक्षण कार्यक्रम राखी ८ नं. वडा कार्यालयले सामाजिक अगुवाहरूको क्षमता विकासमा जोड दिएको हो।

शुक्रवार देखि वडा कार्यालयको हलमा सञ्चालित नेतृत्व विकास सम्बन्धी अनुशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ। अनुशिक्षण कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, १० वटा टोल विकास समितिका पदाधिकारीहरु, मेलमिलाप सहजकर्ता लगायतको सहभागिता रहेको थियो।

अनुशिक्षण कार्यक्रमको समापनमा आफ्नो धारणा राख्दै वडाध्यक्ष किरण कुमार वि.क.ले अनुशिक्षणमा सिकेका कुरा आफ्नो टोल तथा विभिन्न उपभोक्ता समितिमा गएर अभ्यास गर्न र अरुलाई सिकाउन सहभागीहरुलाई आग्रह गरे। अनुशिक्षणका प्रशिक्षकहरुलाई धन्यवाद ज्ञापन गर्दै वडाध्यक्ष वि.क.ले आगामी दिनमा पनि सामाजिक अगुवाहरुको क्षमता विकासका लागि यस्ता कार्यक्रमको निरन्तरता दिइने धारणा राखे।

अनुशिक्षणमा सार्वजनिक प्रशासन सम्बन्धि विषयमा गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सम्झौता प्रक्रिया तथा निर्णय र निवेदन लेखन सम्बन्धि प्रशासकीय अधिकृत चित्रबहादुर ढकाल, योजनाको लागत अनुमान, नाँप जाँच र अन्तिम बिल सम्बन्धी विषयमा प्राविधिक पुजा थापा र नेतृत्व विकास तथा सूचना प्रविधिको उपयोग सम्बन्धी विषयमा सञ्चार उद्यमी सूर्यदीप रेग्मीले प्रशिक्षण दिएका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!