सुर्खेत। जाजरकोट र रुकुमका भुकम्प पीडितलाई गुर्भाकोट नगरपालिकाले ७ लाख सहयोग गर्ने भएको छ। गुर्भाकोट नगर कार्यपालिकाको आइतबार बसेको बैठकले पीडितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि रकम उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख हस्त पुनले बैठक पछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कार्यपालिकाको निर्णय अनुसार जाजरकोट जिल्ला व्यवस्थापन समितिलाई ४ लाख रुपैयाँ र रुकुम पश्चिम जिल्ला विपद समितिलाई ३ लाख गरि कूल ७ लाख रुपैयाँ गुर्भाकोट नगरपालिकाको विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।