तिहारमा प्लाष्टिकजन्य मालाको प्रयोग नगर्न गुर्भाकोटका मेयरको अपिल

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले तिहारमा प्लाष्टिकजन्य मालाको प्रयोग नगर्न अपिल गरेका छन्। गुर्भाकोट नगरवासीका नाममा अपिल जारी शुक्रवार अपिल जारी गर्दै नगर प्रमुख पुनले  चाडपर्व, निजी तथा सरकारी प्रयोजनका लागि जैविक फूलको मात्र प्रयोग गर्न अनुरोध गरेका छन्।

नगर प्रमुख पुनको अपिलमा आयातित मालाहरुको प्रयोगले स्थानीय पुँजीको पलायन हुनुको साथै व्यावसायिक रुपमा उत्पादन गरिरहेका पुष्प व्यवसायी कृषकहरुको उत्पादन र बजार धराशायी पर्ने जोखिम बढेको उल्लेख छ।

नेपालको प्रचलित कानूनमा समेत स्वदेशी उत्पादन र उद्योगहरुलाई संरक्षण र प्रवर्द्धन गर्नुका साथै विदेशी माल सामानभन्दा नेपालमा उत्पादित मालसामान नै प्रयोग गर्नुपर्ने कानूनी व्यवस्था भएको जानकारी पनि नगर प्रमुख पुनको अपिलमा उल्लेख छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!