Wednesday, May 22, 2024
spot_img

सुनचाँदीको नयाँ शो रुम, ‘रोल्पाली गोल्ड प्यालेस’ सञ्चालनमा

सुर्खेत। गुर्भाकोट–८ स्थित मेहेलकुना बजारमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएको रोल्पाली ज्वेलर्सले नयाँ शो रुम सञ्चालनमा ल्याएको छ। दशैँको अवसर पारेर असोज २९ गते देखि ज्वेलर्सले नयाँ शो रुम सञ्चालनमा ल्याएको हो।

सूर्यज्योति मा.वि. मेहेलकुनाको ठिक अगाडि पट्टी रहेको रोल्पाली ज्वैलर्सले रोल्पाली गोल्ड प्यालेस नामको नयाँ शो रुम ग्लोबल आइएमई बैंकसँगै रहेको रोल्पाली कम्प्लेक्समा सुरु गरेको हो। मेहेलकुना बीच बजारमा रहेको रोल्पाली ज्वेलर्स र रोल्पाली कम्प्लेक्समा नयाँ सुरु गरिएको रोल्पाली गोल्ड प्यालेस दुवै आफ्नै भवनबाट सञ्चालित छन्।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै नं. १ सुनचाँदीका गरगहनाको निर्माण तथा बिक्रीका लागि आकर्षक शोरुम सञ्चालनमा ल्याइएको  रोल्पाली गोल्ड प्यालेसका प्रोपाइटर दीपक सोनीले बताए। पुरानो रोल्पाली ज्वैलर्सलाई भने सोनीका पिता झुपलाल सुनारले सञ्चालन गर्दै आईरहेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!