सुर्खेत। साविक मेहेलकुनामा स्थायी बसोवास भएका सेवा निवृत्त शिक्षकहरुको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। बडादशैं, शुभदिपावली र छठ पर्व समेतको अवसरमा शुभकामना आदान प्रदान गर्न शुक्रवार मेहेलकुनाको खटांगमा भेटघाट कार्यक्रम सम्पन्न गरिएको हो।
भेटघाट कार्यक्रमका सहभागीहरुले सेवा निवृत्त भइसकेपछि पनि सामाजिक रुपले सक्रिय रहन सङ्गठित हुनुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा गुर्भाकोट नगरपालिका भरिका सेवा निवृत्त शिक्षकहरुको तथ्यांक संकलन गरि भेला बोलाउन सेवा निवृत्त शिक्षक चित्रबहादुर रेग्मीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल समेत बनाइएको छ। कार्यदलका सदस्यहरुमा सेवा निवृत्त शिक्षक मानबहादुर खत्री र सरस्वती सिंह रहेका छन्।
कार्यदल संयोजक रेग्मीका अनुसार कार्यदलले गुर्भाकोट नगरपालिका भित्रका सेवा निवृत्त शिक्षकहरुको तथ्यांक संकलन, संगठनको स्वरुप, नामारण लगायतका विषयमा सरोकारवालाहरुसँग छलफल गरि पालिका स्तरीय भेलाको तयारी गर्ने छ।
कार्यक्रममा सेवा निवृत्त शिक्षकहरु चुडामणी शर्मा, दलबहादुर सिंह, देबबहादुर खत्री, बलबहादुर बि.सी, भूपेन्द्र खत्री, कुलबहादुर वली लगायतको उपस्थिति थियो। भेटघाट कार्यक्रम बडाखोलीका सेवा निवृत्त शिक्षक (ज्येष्ठ सदस्य) हरिबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो।