शुभ सहकारीको तेश्रो साधारण सभा अन्तर्गत मेहेलकुना इकाई सभा सम्पन्न

पढ्नै पर्ने

सुर्खेत। शुभ बचत तथा ऋण सहकारी संस्थाले मेहेलकुना इकाई सभा सम्पन्न गरेको छ।  संस्थाले मंगलबार मेहेलकुनाको सिटी हलमा इकाई सभा सम्पन्न गरेको हो। संस्थाको तेश्रो वार्षिक साधारण सभा कार्तिक ३ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको संस्थाले यसअघि दहचौर, बोटेचौर र मालारानी सेवाकेन्द्रहरुमा इकाई सभा सम्पन्न गरिसकेको छ भने घुमखहरे सेवा केन्द्रको इकाई सभा कार्तिक २ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

मेहेलकुना सेवा केन्द्रको इकाई सभामा संस्थाका सचिव मेघराज शर्मा, कोषाध्यक्ष कृष्ण प्रकाश आरसीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा सार्वजनिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९ ०८० मा २६ करोड ७६ लाख ७४ हजार ६४ रुपैयाँ ०२ पैसा बराबरको कारोबार गरेको छ।

संस्थामा हालसम्म २ करोड ९३ लाख ७४ हजार २ सय शेयर पुँजी रहेको संस्थाका व्यवस्थापक गणेश कुमार चन्दले जानकारी दिए। चन्दका अनुसार कूल निक्षेपमा तरलता १९ दशमलव ६६ प्रतिशत रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको भन्दा ४ दशमलव ४४ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा निक्षेप तरलता १५ दशमलव २२ प्रतिशत रहेको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!