केशरसिंह कामीको संयोजकत्वमा गुर्भाकोट–८ को वडा खेलकुद समिति गठन

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिकाको वडा नं. ८ मा वडा खेलकुद विकास समिति गठन गरिएको छ। वडा कार्यालयमा बिहीवार आयोजना गरिएको भेलाले वडा सदस्य केशरसिंह कामीको संयोजकत्वमा खेलकुद विकास समिति गठन गरिएको हो।

समितिका सदस्यहरुमा वडा सदस्य बिमला बुढा, सृजनशील युवा क्लबको तर्फबाट नरेश खड्का रहेका छन्। वडा सचिव साबित्रा विष्ट सदस्य सचिव रहने खेलकुद विकास समितिमा एकजना महिला सदस्य गुर्भाकोट ८ मै रहेको अर्को क्लबबाट पछि मनोनीत गरिने वडाध्यक्ष किरण कुमार वि.क.ले जानकारी दिए।

गुर्भाकोट नगरपालिकाको नगर खेलकुद विकास कार्यविधि २०७९  को दफा ७ मा वडा खेलकुद विकास समितिको गठन बारे व्यवस्था गरिएको छ। कार्यविधिमा उल्लेखित व्यवस्था अनुरूप सम्बन्धित वडाको वडाध्यक्ष वा निजले तोकेको व्यक्ति वडा खेलकुद विकास समितिको संयोजक रहने व्यवस्था गरिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!