सुर्खेत। गुर्भाकोट नगरपालिकाको वडा नं. ८ ले एक घर एक करेसाबारी अभियान सञ्चालन गरेको छ। वडाका नागरिकलाई बुधवार देखि विभिन्न तरकारीहरुको निशुल्क बीउ वितरण गर्दै एक घर एक करेसाबारी अभियान सुरु गरिएको हो।
गुर्भाकोट नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत संघीय सरकारको कृषि साझेदारी कार्यक्रमको नगद अनुदानबाट वडाबासीहरुलाई धनियाँ, मुला लगायतका तरकारीको बीउ निशुल्क वितरण गरिएको र ५० प्रतिशत अनुदानमा विभिन्न कृषि समुहहरुलाई माग र आवश्यकताका आधारमा आलुको बीउ वितरण थरिएको वडाध्यक्ष किरण कुमार वि.कले जानकारी दिए।
वडाध्यक्ष वि.कका अनुसार ५० प्रतिशत अनुदानको ३४ क्विन्टल आलुको बीउ वडा कार्यालय परिसरमै भण्डारण गरेर वितरण थालिएको छ भने अन्य निशुल्क प्राप्त हुने बीउबिजन पनि वडा कार्यालयबाटै वितरण गरिएको छ।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।