घुमखहरे साना किसान सहकारीको साधारण सभा सम्पन्न

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिका वडा नं. १० मा रहेको घुमखहरे साना किसान सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ। संस्थाले शनिवार आफ्नो चौथो साधारण सभा घुमखहरेमा सम्पन्न गरेको हो।

सभामा संस्थाकी अध्यक्ष नन्दकला अधिकारीले पेश गरेको वार्षिक प्रतिवेदन सर्वसम्मत पास गरिएको थियो। साधारण सभामा आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो। आर्थिक प्रतिवेदन अनुसार संस्थाको कूल शेयर पुँजी १७ लाख ९ हजार ८ सय पुगेको छ।

सभामा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघका संचालक खेम बहादुर पाठक, गुर्भाकोट नगरपालिका का उपप्रमुख मैना वि.क., गुर्भाकोट नगरपालिका वडा न. १० का वडाअध्यक्ष थमन खत्री, गुर्भाकोट नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजन वि.सि. , साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विरेन्द्रनगर सुर्खेतका प्रबन्धक हरी प्रसाद न्यौपाने लगायतको उपस्थिति थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!