गुर्भाकोटका बजारहरूको अनुगमन, ३८ प्रकारका अखाद्यवस्तु नष्ट

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिकाभित्रका केही बजारहरुमा अनुगमन भएको छ। दशैँको मुखमा हुनसक्ने सम्भावित कृत्रिम अभाव र कालोबजारीलाई ध्यानमा राख्दै खाद्य तथा किरानासँग सम्बन्धित पसलहरु मङ्गलवार अनुगमन गरिएको हो।

अनुगमनका क्रममा म्याद गुज्रिएका ३८ प्रकारका अखाद्यवस्तु जफत गरि नष्ट गरिएको गुर्भाकोट नगरपालिकाको उद्योग शाखा प्रमुख आइती चौधरीले जानकारी दिइन। चौधरीका अनुसार अनुगमनका क्रममा ढक तराजुको गुणस्तर मापन, व्यवसाय दर्ता र अखाद्यवस्तुको निरीक्षण गरिएको थियो।

अनुगमन टोलीमा गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना वि.क,  खाद्य तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका भेषबहादुर थापा, गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतका भगतराज राना र जयप्रकाश नारायण चौधरी, गुर्भाकोट नगरपालिकाका कर्मचारी र नेपाल प्रहरीको सहभागिता थियो।

अनुगमन टोलीले दहचौर, मेहेलकुना, भेडाबारीमालारानीका पसलहरुको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा दर्ता नभएका पसल व्यवसाय तत्काल दर्ता गर्न, कर नतिरेकाहरुलाई तत्काल कर तिर्न र म्याद गुज्रिएका खाद्यवस्तु नबेच्न सुझाव दिइएको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!