एमाले कर्णाली अधिवेशनः शाहीलाई सचिवमा लोकप्रिय मत, अध्यक्षमा शाह निर्वाचित

पढ्नै पर्ने

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनबाट गुलाबजङ्ग शाह अध्यक्षमा निर्वाचित भएका छन्। पूर्व प्रदेश सभा सदस्य समेत रहेका सल्यानका शाहले ३ सय ६९ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी मिनबहादुर शाहीले २ सय ७ मत प्राप्त गरे। अधिवेशनमा ६ सय १६ प्रतिनिधि भएपनि ६ सय ९ मत मात्र खसेको थियो।

अधिवेशनबाट सचिवमा सुर्खेतका ध्रुवकुमार शाहीले सर्वाधिक लोकप्रिय मत प्राप्त गरि विजय भएका छन्। शाहीले ४ सय ५ मत प्राप्त गरि निर्वाचित हुँदा उनका प्रतिस्पर्धी दैलेखका रुद्र शाहीले १ सय ६९ मत मात्र प्राप्त गरे।

यसैगरी अधिवेशनबाट उपाध्यक्षमा जुम्लाका टेकराज पछाइ, उपसचिवमा दैलेखका रविन्द्रराज शर्मा र कालिकोटका रमेश कुमार शाही निर्वाचित भएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!