Wednesday, May 22, 2024
spot_img

गुर्भाकोट–१ मा बाँसका सामाग्री बनाउने तालिम सञ्चालन हुने

सुर्खेत। गुर्भाकोट नगरपालिकाको वडा नं. १ मा बाँसका सामाग्री बनाउने तालिम सञ्चालन हुने भएको छ। शुक्रवार सूचना जारी गर्दै वडाध्यक्ष रामबहादुर शाहीले बाँसको सामाग्री बनाउने तालिम लिन इच्छुकहरुलाई १५ दिन भित्र वडा कार्यालयमा निवेदन दिन भनेका छन्।

गुर्भाकोट नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमको सीप विकास तालिम अन्तर्गत बाँसको सामाग्री बनाउने तालिम सञ्चालन गर्न लागिएको हो। तालिमका लागि आवेदन दिन निवेदन, नागरिकताको प्रमाण पत्र र तालिमका लागि प्रतिवद्धता पत्र समेत साथमा लिई तालिम लिन चाहाने व्यक्ति स्वयं वडा कार्यालयमा उपस्थित हुनु पर्ने वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!