सुर्खेत। युवा जागरण तथा शसक्तिकरण मञ्चले ज्ञानज्योति प्रा.वि. फूलफूलेमा झोला वितरण गरेको छ। मञ्चले मंगलवार गुर्भाकोट १ मा रहेको प्रा.वि. फूलफूलेमै पुगेर विद्यार्थीका लागि झोला वितरण गरेको हो।
भविष्यमा नेपाल बोक्नेहरुका लागि सचेत युवा अन्तर्गत कक्षा १ देखि ३ सम्मका विपन्न तथा अति गरिब मध्येका १० जना विद्यार्थीलाई झोला वितरण गरिएको मञ्चका अध्यक्ष जीवन ढकालले जानकारी दिए।
कार्यक्रमलाई वडा नं. १ का अध्यक्ष रामबहादुर शाही, विद्यालयका प्रधानाध्यापक लिला वि.क लगायतले संवोधन गरेका थिए।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।