Monday, December 9, 2024
spot_img

गुर्भाकोट नगरपालिकाको आ.व. २०७९/०८० को सामाजिक परिक्षण सम्पन्न

सुर्खेत। गुर्भाकोट नगरपालिकाको आर्थिक वर्ष २०७९/०८०को सामाजिक परिक्षण सम्पन्न भएको छ। मेहेलकुनास्थित सिटी हलमा बिहीवार सरोकारवालाहरूको भेला बीच सामाजिक परिक्षण सम्पन्न भएको हो।

तेस्रो पक्षले सामाजिक परिक्षण गर्नुपर्ने प्रचलन अनुसार गत आर्थिक वर्षको सामाजिक परिक्षण गर्न गुर्भाकोट नगरपालिकाकाले चिया मिडियाका कार्यकारी निर्देशक सूर्यदीप रेग्मीलाई सामाजिक परीक्षक तथा सार्वजनिक सुनवाई सहजकर्ता तोकेको थियो।

सामाजिक परिक्षण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले सामाजिक परिक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए। खत्रीको प्रारम्भिक प्रतिवेदनको आधारमा सहभागीहरूले प्रश्न राखेका थिए।

कार्यक्रममा विभिन्न वडाबाट उपस्थित सहभागीहरुले गुर्भाकोट नगरपालिकाको सुशासन, सेवा प्रवाह र विकास निर्माणका कामबारे सुझाव र प्रश्न उठाएका थिए। सहभागीहरुले उठाएका प्रश्नहरुको प्रमुख प्रशासकीय अधिकृत खत्री र नगर प्रमुख हस्त पुनले जवाफ दिएका थिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले प्रस्तुत गरेको प्रतिवेदन, सहभागीहरुले उठाएका प्रश्न तथा दिएका सुझाव त्यस्तै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले दिएको जवाफ समेतको समग्रतामा सामाजिक परीक्षक रेग्मीले ७ दिन भित्र आफ्नो प्रतिवेदन नगरपालिकालाई बुझाउने छन्। उक्त प्रतिवेदनलाई नगर सभामा समेत पेश गरेर अनुमोदन गरिने प्रचलन छ।

सामाजिक परिक्षण कार्यक्रममा नगर उपप्रमुख मैना वि.क.ले स्वागत मन्तव्य दिएकी थिइन भने १४ वटै वडाका वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु तथा विभिन्न वडाका सदस्यहरु समेतको उपस्थिति थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!