Monday, December 9, 2024
spot_img

केन्द्रीय समितिलाई खुट्टा नकमाउन शिक्षक महासंघ सुर्खेतको आग्रह

सुर्खेत। विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसद् सचिवालयमा सरकारले दर्ता गरेपछि नेपाल शिक्षक महासंघ सुर्खेतले आपत्ति जनाएको छ। महासङ्घका सुर्खेत अध्यक्ष ढालबहादुर खत्री र सचिव टेकबहादुर कार्कीले बिहीवार जारी गरेको विज्ञप्तिमा सरकारले महासङ्घसँग विगतमा गरेको सहमति विपरित विधेयक दर्ता गराएकोमा आपत्ति जनाइएको छ। 

महासंघले सरकारसँग विगतमा गरेका ३० बुँदे र ५१ बुँदे सम्झौता गरेतापनि सहमति विपरित विधेयकको पुरानै मस्यौदा संसद् सचिवालयमा दर्ता गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्झौता विपरित विधेयकको पुरानै मस्यौदा संसद् सचिवालयमा दर्ता भएको भन्दै महासंघ सुर्खेतले सरकारको धोकापूर्ण कार्य विरुद्ध काठमाडौं केन्द्रित सडक आन्दोलन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। विज्ञप्तिमा संवाभित आन्दोलनका लागि शिक्षक कर्मचारीलाई तयारी अवस्थामा रहन र शिक्षक कर्मचारीका माग गुरा नभएसम्म आन्दोलन गर्न महासङ्घको केन्द्रीय समितिलाई अपिल समेत गरिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!