सुर्खेत। गुर्भाकोट नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को वार्षिक समीक्षा सम्पन्न गरेको छ। नगर प्रमुख हस्त पुनको अध्यक्षतामा आइतवार बसेको समीक्षा गोष्ठीमा विभिन्न शाखाहरुको समीक्षा गरिएको हो।
समीक्षा गोष्ठीमा पालिकाको १४ वटै वडाका वडासचिवहरुले गत आर्थिक वर्षको कार्य प्रगति, समस्याहरू, खर्च भएको बजेट प्रस्तुत गरेका थिए। यस्तै विषयगत शाखाका प्रमुखहरुले पनि आफ्नो शाखाले गत आर्थिक वर्षमा हासिल गरेको प्रगति विवरण पेस गरेका थिए।
समीक्षा गोष्ठीलाई संवोधन गर्दै नगर प्रमुख हस्त पुनले यो गत आर्थिक वर्षको समीक्षा मात्रै नभएर नयाँ योजना निर्माणको प्रक्रिया पनि भएकाले समीक्षा गोष्ठीबाट सिक्दै कार्यप्रगती बढाउँदै लैजाने धारणा राखे।
गोष्ठीमा उपप्रमुख मैना वि.क, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री लगायत विभिन्न वडाका वडाध्यक्षहरु समेतको सहभागिता थियो।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।