Sunday, December 8, 2024
spot_img

गुर्भाकोट ४ को वडा कार्यालय अब ‘अपांगमैत्री’

सुर्खेत। गुर्भाकोट नगरपालिकाको ४ नं. वडा कार्यालयलाई अपांगमैत्री बनाइएको छ। तत्कालीन सहारे गा.वि.स.को भवनमा सञ्चालन भएको ४ नं. वडा कार्यालयलाई वडाअध्यक्ष रामबहादुर डाँगीको पहलमा अपांगमैत्री बनाइएको हो।

यस्तै वडा कार्यालय भित्र शुभाघाट शहरी खानेपानीको धारा जडान गरि कार्यालय परिसरमै सेवाग्राहीले शुद्ध पानी पिउने व्यवस्था गरिएको छ। वडा कार्यालय भित्रको चौतारो र प्रतीक्षालयलाई पुननिर्माण गरिएको छ।

पानीको अभावका कारण अत्यन्त फोहर देखिँदै आएको वडा कार्यालयको शौचालयमा रङ्गरोगन र धाराको व्यवस्था गरिएको छ। 

सेवाग्राहीलाई सेवा लिन वडा कार्यालय आउँदा कुनैपनि किसिमको अप्ठ्यारो नहोस् भनेर पिउने पानी, शौचालय, प्रतीक्षालय र कार्यालयका कोठा भित्रै ह्विलचियर पुग्ने गरि संरचनागत सुधार गरिएको वडाध्यक्ष डाँगीको भनाई छ।

वडा नं. ९ को सिमाना नजिकै वडा कार्यालय भएको र मानवबस्ती भन्दा टाढा भएका कारण सेवाग्राहीलाई कागजात फोटोकपी गर्न, खाजा खान समस्या भएको महशुस गरि यस अघि नै कार्यालय परिसरमा फोटोकपी सेन्टर र क्यान्टिन सञ्चालन गरिएको वडाध्यक्ष डाँगीले जानकारी दिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!