सुर्खेत। गुर्भाकोट नगरपालिकाको वडा नं. ६ मा पर्ने बडाखोली बजार सरसफाइ गरिएको छ। वडाध्यक्ष गोबिन्द वलीको नेतृत्वमा सोमवार बजार सरसफाइ गरिएको हो।
वर्षाका कारण माटोको लेदो बजारमा आएर बजारको सडक क्षेत्र अवरुद्ध भएपछि सरसफाइ गरिएको हो।
बजार सरसफाइ कार्यक्रममा बडाखोली बजार व्यवस्थापन समितिले समेत सहभागिता जनाएको बजार व्यवस्थापन समितिका सचिव हेमन्त डिसीले जानकारी दिए।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।