प्रहरी श्रीमती संघको निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ७ सय ९६ जनाले सेवा लिए

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिकाको मेहेलकुनास्थित सिटी हलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको आयोजनामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।

शिविरबाट ५ सय ६० पुरुष र २ सय ३६ महिलाले स्वास्थ्य सेवा लिएको मेहेलकुना प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक सुरज रोकायाले जानकारी दिनुभयो। शिविरमा नाक, कान, घाँटी, दन्त रोग, स्त्रीरोग, हाडजोर्नी तथा जनरल फिजिसियन सम्बन्धी सेवा प्रदान गरिएको थियो।

शिविरको उद्घाटन सत्रको अध्यक्षता गरेकी नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशकी अध्यक्ष  विन्दु अधिकारी ढकालले संघले सामाजिक सेवाको क्षेत्रमा गर्दै आएको योगदानको निरन्तरता स्वरुप निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताएकी थिइन।

कर्णाली प्रदेश सभा सदस्य बलीमाया बुढाको प्रमुख आतिथ्यता सम्पन्न शिविरको उद्घाटन सत्रमा नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालय प्रमुख डिआइजी भिमप्रकाश ढकाल, गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना वि.क लगायत उच्च पदस्थ प्रहरी अधिकारीहरुको उपस्थिति रहेको थियो।

विन्दु अधिकारी ढकाल– अध्यक्ष, नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेश

बिरामीका लागि आवश्यक औषधी समेत निशुल्क वितरण गरिएको शिविर उद्घाटन सत्रको सञ्चालन प्रहरी निरीक्षक झरना सोनारले गरेकी थिइन भने गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखा, प्रहरी चौकी मेहेलकुना र इलाका प्रहरी कार्यालय छिन्चुले शिविरको व्यवस्थापन गरेका थिए।

कार्यक्रम सञ्चालकः झरना सोनार– प्रहरी निरीक्षक

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!