सुर्खेत। बीपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसरमा गुर्भाकोटको मेहेलकुनास्थित सिटीहल परिसरमा वृक्षारोपण गरिएको छ। नेपाली काँग्रेस गुर्भाकोट नगर कार्यसमितिको आयोजनामा शनिवार वृक्षारोपण गरिएको हो।
वृक्षारोपण कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य बलीमाया बुढा, नेपाली काँग्रेस कर्णाली प्रदेश कार्यसमितिका सदस्य चित्रबहादुर रेग्मी, गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना वि.क, जिल्ला कार्यसमिति सदस्य नरबहादुर सुनार नवीन, नेपाली काँग्रेस सुर्खेत निर्वाचन क्षेत्र नं. १ प्रदेश क कार्यसमिति सदस्य मिलन रावत, विभिन्न वडाका जनप्रतिनिधिहरु लगायत विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरुको उपस्थिति थियो।
वृक्षारोपण कार्यक्रम सम्पन्न भएपछि नगर कार्यसमितिका उपसभापति लालबहादुर पुनले स्मृतिमा बीपी कोइराला सँधै भएपनि स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उपस्थित सबै नेता कार्यकर्तालाई धन्यवाद ज्ञापन गरे।