सुर्खेत। सुर्खेतको गुर्भाकोटमा मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ। मृत भेटिएकी महिला गुर्भाकोट ४ को आँपटाकुरा निवासी हिरा खड्का रहेको प्रहरी चौकी मेहेलकुनाका इन्चार्ज प्रहरी निरीक्षक सुरज रोकायाले जानकारी दिए।
रोकायाका अनुसार वेवारिसे अवस्थामा मृत महिलाको शव भेटिएको खबर पाएपछि दिउँसो २ बजे घटनास्थलमा पुगेको थियो। शवको पहिचान भइसकेकोले शवलाई पोस्टमार्टमका लागि मेहेलकुना अस्पताल पठाइएको छ।
यसअघि गुर्भाकोट नगरपालिका वडा नम्बर ९ को तल्लो बोटेचौर भेरी नदीमा मंगलबार बिहान अन्दाजी ५५ वर्षको अपरिचित महिलाको बेवारिसे शव फेला परेको थियो।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।