गुर्भाकोटमा सवारी चालक अनुमति पत्रका लागि अत्याधुनिक ‘ट्रायल सेन्टर’ बन्ने

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिकामा सवारी चालक अनुमति पत्रका लागि अभ्यास गर्ने ‘ट्रायल सेन्टर’ खुल्ने भएको छ। ट्रायल सेन्टर निर्माणका लागि गुर्भाकोट नगरपालिकाको १३ औँ नगरसभाले बजेट विनियोजन गरिसकेको छ।

गुर्भाकोटमा चल्ने अटो रिक्सा, मोटरसाइकल र साना सवारी साधनको सवारी चालक अनुमति पत्रका लागि अभ्यास गर्न पालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए।

सवारी चालक ‘ट्रायल सेन्टर’ सञ्चालनका लागि कार्यविधि बनाइने पनि नगरपालिका श्रोतले जनाएको छ। 

सवारी चालक अनुमतिका लागि दिइने प्रयोगात्मक परीक्षाका लागि आवश्यक पर्ने ‘ट्रायल सेन्टर’ पालिकामै बनाएर सवारी चालक अनुमति पत्रको परीक्षाका लागि नागरिकलाई अभ्यस्त बनाउने उद्देश्यले ‘ट्रायल सेन्टर’ बनाउन लागिएको हो।

यहाँका नागरिक सवारी चालक अनुमति पत्रका लागि वीरेन्द्रनगरमा रहेको यातायात कार्यालयमा जानु पर्छ भने अभ्यास गर्ने थलो नहुँदा धेरै अटोरिक्सा चालक र दुइपांग्रे सवारी चालकहरुलाई अनुमति पत्रको परीक्षा पास गर्न सकस हुँदै आएको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!