Sunday, April 14, 2024
spot_img

आगामी आर्थिक वर्षका लागि गुर्भाकोट नगरपालिकाको बजेट पारित, बजेटको आकार १ अर्ब नाघ्यो

सुर्खेत। गुर्भाकोट नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१का लागि विनियोजित बजेट पारित गरेको छ। नगरपालिकाको बुधवार बसेको १३औँ नगर सभाको दोश्रो बैठकले १ अर्ब ४१ लाख ५० हजार ७ सय ५६ रुपैयाँ बराबरको बजेट पारित गरेको हो।

यसअघि असार १० गते बसेको नगर सभाको पहिलो बैठकमा उपप्रमुख मैना वि.क.ले ९७ करोड ९१ लाख १५ हजार ७ सय ५६ रकमको बजेट प्रस्ताव गरेकी थिइन। उक्त बजेटमा चालु आर्थिक वर्षका केही योजना र रकमको दायित्व थपिएपछि बजेटको आकार बढेको हो।

नगरसभाले गुर्भाकोट नगरपालिकाको आवधिक योजना २०८०-२०८५ पनि बहुमतले पारित गरेको छ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!