सुर्खेत। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मेहेलकुना शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले आफ्नो स्थापनाको ९ औं वार्षिकोत्सवको अवसरमा सोमवार रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
नेपाल रेडक्रस सोसाइटी सुर्खेतसँगको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा मेहेलकुनास्थित विभिन्न सङ्घसंस्थाका कर्मचारीहरु सहित करिब २० जनाले रक्तदान गरेको संस्थाका कर्मचारी दिपक खनालले जानकारी दिए।
संस्थाले आफ्नो स्थापनाको ९ औं वर्ष प्रवेशको अवसर पारेर विभिन्न शाखाहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको मेहेलकुना शाखाका प्रबन्धक एकानन्द न्यौपानेले बताए। नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त गरेको संस्थाले सन २०१४ वाट आफ्नो वित्तिय सेवा सुरु गरेको थियो।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।