गुर्भाकोट नगरपालिकाको बजेट झण्डै १ अर्ब

पढ्नै पर्ने

सुर्खेत । गुर्भाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ९७ करोड ९१ लाख १५ हजार ७ सय ५६ रकमको बजेट ल्याएको छ । १३ औँ नगर सभामार्फत आइतबार नगर उपप्रमुख मैना वि.क.ले बजेट प्रस्तुत गर्दै सामाजिक विकास अन्तर्गत समग्र स्वास्थ्य क्षेत्रको लागि ६ करोड ३५ लाख विनियोजन गरेको जानकारी दिइन।

उपप्रमुख वि.क.ले प्रस्तुत गरेको बजेटमा कृषि तथा पशुपालनमा कुल २ करोड ७७ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोतमा संघीय सरकारको सशर्त अनुदानबाट ३६ करोड ९८ लाख, वित्तीय सामानीकरणबाट १३ करोड ८ लाख, संघीय राजस्व बाँडफाँडबाट १२ करोड ८५ लाख २ हजार, प्रदेश सरकारको वित्तीय सामानीकरण अनुदान १ करोड ५६ लाख ९१ हजार, सशर्त अनुदान ३ करोड ९३ लाख ४ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै नगरपालिकाको आन्तरिक आय १ करोड ८६ लाख, खर्च नभएको मौज्दात रकम १ करोड ५० लाख र सामाजिक सुरक्षा अनुदान २२ करोड ५० लाख रुपैयाँ पनि बजेटको स्रोतको रुपमा रहेको छ ।

गुर्भाकोट नगरपालिकाले स्वास्थ्य,शिक्षा, कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई प्राथामिकता राख्दै बजेटको बाँडफाँड गरेको छ ।

https://fb.watch/lo5XWlz-wJ/

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!