गुर्भाकोटमा आगामी आर्थिक वर्षको बजेटबारे छलफल, नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रमका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। पालिकाभित्रका सरोकारवालाहरुसँग बुधवार नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा सरोकारवालाहरुले यो आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा प्रष्ट परिणाम देखिने गरि काम गर्न नगरपालिका नेतृत्वलाई सुझाव दिएका छन्। सेवा प्रवाह र सुशासनलाई प्रभावकारी बनाउँदै कार्य सम्पादन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए। 

पालिकाको मुख्य प्रशासनिक भवनको गेटमा सेवाग्राहीहरुका लागि हेल्प डेस्कको व्यवस्था, अत्याधुनिक नगर अस्पताल, विद्यालयमा एकदिन नोटबुक डे र आधारभुत विद्यालय तहबाटै किशोरीहरुका लागि महिला स्वास्थ्य र सेनेटरी प्याडको प्रयोग सम्बन्धी कक्षा सञ्चालनका लागि बजेटको सुनिश्चितता गर्न कार्यक्रमका सहभागीहरुले आग्रह गरेका थिए।

सहभागीहरुका सुझाव र चासोप्रति प्रतिक्रिया दिदैँ नगरप्रमुख पुनले गुर्भाकोट नगरपालिकाले सबैका सुझाव ग्रहण गरेर अगाडि बढ्ने र काम गर्ने सिलसिलामा पनि सबैको रचनात्मक सहयोग हुने अपेक्षा राखे।

गुर्भाकोट नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्न आगामी असार १० गते नगरसभा बोलाउने तयारी गरेको छ।

नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत

यसैबीच गुर्भाकोट नगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पदस्थापना भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीलाई बुधवारनै पालिकामा स्वागत गरिएको हो।

भर्खरै खुल्ला प्रतिस्पर्धा मार्फत उपसचिवमा नाम निकालेका खत्री छिमेकी पालिका भेरीगङ्गा नगरपालिकाका स्थानीयवासी समेत हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!