गुर्भाकोट–८ मा आगामी आर्थिक वर्षको बजेटबारे अन्तरक्रिया सम्पन्न

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिकाको ८ नं. वडा कार्यालयले आगामी आर्थिक वर्षको बजेटबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। वडा कार्यालयले आर्थिक वर्ष २०८० ०८१ को बजेट विनियोजनका लागि बुधवार वडा कार्यालयको हलमा अन्तरक्रिया गरेको हो।

अन्तरक्रिया कार्यक्रममामा सरोकारवालाहरुले शिक्षा, स्वास्थ्य र सामुदायीक वनका क्षेत्रमा नतिजा देखिने गरि काम गर्न वडा कार्यालयलाई सुझाव दिएका छन्। उनीहरुले चालु आर्थिक वर्षमा अव्यवस्थित बसोवासीहरुको जग्गाधनी पूर्जा प्राप्तिका लागि वडाका जनप्रतिनिधिहरु  र वडा कार्यालयले खेलेको भूमिकाका लागि धन्यवाद समेत दिए।

आगामी आर्थिक वर्ष वडाको शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने भन्दै कार्यक्रमका सहभागीहरुले अनावश्यक प्रतिक्षालय निर्माण, भ्यूटावर निर्माण, स्वागत गेट निर्माण जस्ता क्षेत्रमा बजेट विनियोजन नगर्न सुझाव दिएका छन्।

कार्यक्रममा वडाध्यक्ष किरणकुमार वि.क, पूर्व वडाध्यक्ष चित्रबहादुर रेग्मी, वडासचिव चिरञ्जीवी गौतम, वडा सदस्यहरु र वडा भित्रका विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!