Monday, October 7, 2024
spot_img

‘पिपुल्स इन नीड’ को टोली गुर्भाकोट–६ को रातामाटामा

सुर्खेत। जलवायु परिवर्तनका क्षेत्रमा काम गरिरहेको अन्तराष्ट्रिय गैरसरकारी संस्था ‘पिपुल्स इन नीड’ को एउटा टोलीले गुर्भाकोट–६ को रातामाटाको भ्रमण गरेको छ। चेक रिपब्लिकमा मुख्य कार्यालय रहेको संस्थाको प्रतिनिधि मण्डलले सोमवार रातामाटाको नमूना कृषि समूहसँग अन्तरक्रिया गरेको हो।

टोलीमा चेक रिपब्लिकबाट संस्थाका जियोलोजिकल एकस्पर्ट र इनोभेसन म्यानेजर सहभागी थिए। त्यस्तै संस्थाको नेपालस्थित कार्यालयबाट डा. निर्मलमणि दाहाल, गौरव पराजुली र नारायण वि.क सहभागी थिए।

संस्थाको टोलीले स्थानीयहरुसँग उनीहरुको आवश्यकताका बारेमा चासो राखेका थिए। स्थानीयहरुले संस्थाका प्रतिनिधिहरुसँग रातामाटा कृषिको राम्रो सम्भावना भएको गाउँ भएता पनि सिँचाइको अभावका कारण कृषिकर्म गर्न छोडेर भारततर्फ जानुपर्ने बाध्यता रहेको बताए। सिंचाइँसँगै शुद्ध पिउनेपानी र स्तरीय सडक आफूहरूका लागि आवश्यक भएको संस्थाका प्रतिनिधिहरुलाई जानकारी गराएको  नमूना कृषि समूहका अध्यक्ष दिनेस सुनारले जानकारी दिए।

कार्यक्रममा गुर्भाकोट–६ का वडासदस्य पुस्कर रेग्मीको समेत उपस्थिति थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!