नमुना समाज प्रकरणः गुर्भाकोटका मेयरद्वारा ३२ लाख दाखिला गरि उम्किने प्रयास गरेको भन्ने आरोपको खण्डन

पढ्नै पर्ने


सुर्खेत। गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले नमुना समाज प्रकरणमा ३२ लाख दाखिला गरि उम्किने प्रयास गरेको भन्ने आरोपको खण्डन गरेका छन्। केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले  उपप्रधानमन्त्रीको संरक्षणमा ठूला भ्रष्टाचार प्रकरण दबाउन लागिएको भन्दै मेयर पुनलाई भ्रष्टाचार गरेको उल्लेख गरेपछि आइतबार विज्ञप्ति जारी गर्दै उनले  आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन्।

विज्ञप्तिमा गुर्भाकोट नगरपालिका र नमुना समाज सुर्खेतबीच उद्यमशीलता परियोजना  सम्बन्धी सम्झौता भई २५ लाख पेश्की दिइएको र नमूना समाजले कोभिड १९ का कारण काम गर्न नसकी २०७९ चैत ८ गते नगरपालिकाको खातामा रकम दाखिला गरेको उल्लेख छ।

पूर्वाग्रही र नियोजित ढंगले बदनाम गर्ने प्रयास भएको भन्दै मेयर पुनले सस्तो लोकप्रियताको लागि मिथ्या विषयवस्तुलाई सामाजिक सञ्जालमा सञ्जालीकृत नगर्न अनुरोध गरेका छन्। अन्यथा यस्ता बदनियतपूर्ण प्रवृत्तिको विरुद्ध कानूनी उपचारमा जाने समेत मेयर पुनले बताएका छन्।

नमूना समाज सुर्खेतले गुर्भाकोट लगायतका विभिन्न पालिकाबाट पेश्की लिई काम नगरेकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यस विषयमा अनुसन्धान गरिरहेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!