Sunday, July 21, 2024
spot_img

सबैका प्रिय हाकिमको ९५ दिनमै सरुवा

सुर्खेत। गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम प्रसाद बजगाईँको बिदाई गरिएको छ। गुर्भाकोट नगरपालिकामा पदस्थापन भइ आएका बजगाईँको ९५ दिनमै सरुवा भएपछि बिहीवार नगर पालिकाको सभा हलमा एक कार्यक्रम आयोजना गरि बिदाई गरिएको हो।

बजगाइँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पदस्थापन भई २०७९ फागुन २९ गते गुर्भाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका थिए। 

गुर्भाकोट नगरपालिकालाई सुशासन, सेवा प्रवाह र कार्य सम्पादनमा सुधारको प्रयास थालेका बजगाईँको ९५ दिनमै सरुवा भएको हो। बजगाईँले अब बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपसचिवको हैसियतमा कामकाज गर्नेछन्।

बिदाई समारोहलाई भक्कानिदै सम्बोधन गरेका बजगाईँले निजामती कर्मचारीका लागि सरुवा नियमित प्रक्रिया भएपनि छोटो समयमै आत्मीय बनेका जनप्रतिनिधि, कर्मचारी र गुर्भाकोटवासीसँग छुट्टिनु पर्दा नमज्जा लागेको बताए। यद्यपि बजगाईँले कर्मचारीका रुपमा सरुवा भइ जान लागेको कार्यालय आफ्नो १७ औँ कार्यालय भएपनि संयोग, परिस्थिति र अनुकुल मिले आफू फेरी गुर्भाकोट आउन तयार रहेको बताए।

इमानदारिता, कार्यशैली र मिलनसार व्यवहारका कारण सबैको प्रिय बनेका बजगाईँको बिदाइ समारोहमा उपस्थित सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरू दुखी देखिन्थे। कार्यक्रममा नगर प्रमुख हस्त पुन, उपप्रमुख मैना वि.क. लगायतको उपस्थिति थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!