Sunday, April 14, 2024
spot_img

शुभाघाट शहरी खानेपानीको वेबसाइट सञ्चालनमा

सुर्खेत। शुभाघाट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ। संस्थाले सोमवार एक कार्यक्रमका बीच वेबसाइटको स्वामित्व ग्रहण गरेको हो।

संस्थाले गत फागुनमै चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.सँग वेबसाइट निर्माण र प्राविधिक सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको थियो। सम्झौता अनुरुप वेबसाइट निर्माण सम्पन्न भएपछि चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.का कार्यकारी निर्देशक सूर्यदीप रेग्मीले संस्थाका अध्यक्ष मैना वि.क लगायतका पदाधिकारीलाई हस्तान्तरण गरे।

संस्थाका गतिविधि र संस्था बारेका जानकारी आम उपभोक्ता तथा सरोकार राख्ने सबैको पहुँच पुर्याउनका लागि वेबसाइट निर्माण गरिएको संस्थाकी अध्यक्ष वि.क.ले जानकारी दिइन। अध्यक्ष वि.क. अनुसार संस्थाका सम्पूर्ण गतिविधि अब वेबसाइट मार्फत सार्वजनिक गरिनेछ।

कार्यक्रममा सञ्चालक समितिका पदाधिकारीहरु र संस्थाका कर्मचारीहरुको समेत उपस्थिति थियो। संस्थाको वेबसाइट https://shubhaghatwater.org/ हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!