Monday, December 9, 2024
spot_img

गुर्भाकोटमा किर्ते गरेरै भ्रष्टाचार, नगर सभामै १५ सय झ्याम पार्ने को हो?

सुर्खेत। गुर्भाकोटमा किर्ते गरेर भ्रष्टाचार गरिएको नयाँ तथ्य खुलेको छ। गुर्भाकोट नगरपालिकाको १२ औं नगर सभामा किर्ते गरि १५ सय भुक्तानी लिएको रहस्य खुलेको हो।

गुर्भाकोट नगरपालिकाको नगरसभामा ७५ जना जनप्रतिनिधि र सदस्य सचिवका रुपमा प्रमुख प्रशासकीय अधिकृत गरि ७६ जना सहभागी हुन्छन्। सहभागी जनप्रतिनिधि र सदस्य सचिवले करसहित रु १५ सय सभाको भत्ता प्राप्त गर्ने नीतिगत व्यवस्था छ। माथि उल्लेख गर्न खोजिएको विषय यही हो, अर्थात एकजना जनप्रतिनिधिले पाउनु पर्ने सभाको भत्ता किर्ते गरि अर्कैले लिएको पुष्टि भएको हो।

प्रसङ्ग यसरी बुझौँ,
नगर सभामा सदस्य सचिव सहित ७६ जना जनप्रतिनिधि हुन्छन्, जसको कर कट्टी गर्नु अगाडिको भत्ता प्रतिव्यक्ति रु. १५ सय हुन्छ। यो भत्ता बुझ्दा जनप्रतिनिधिहरुले भत्ता बुझेको प्रमाण खुल्ने कागजमा हस्ताक्षर समेत गर्नुपर्ने हुन्छ। सभाको भत्ता भएकाले यो रकम कुनै जनप्रतिनिधिलाई बैंक खाता मार्फत पठाइदैन, उपस्थिति भएको आधारमा मा
त्र भुक्तानी दिने हो। १२ औं नगरसभामा गुर्भाकोट नगरपालिका वडा नं. ६ का वडासदस्य गकुले कामी (गोकुल कामी) उपस्थित थिएनन्, तर गुर्भाकोट नगरपालिकाले २०७९ माघ २० गते रेडियो आरम्भलाई दिएको खर्च विवरणमा उपस्थित नभएका गकुले कामीले समेत भत्ता लिएको पुष्टि हुन्छ। पालिकाले दिएको उक्त विवरणमा सभाका सदस्य सचिव र ७५ जना जनप्रतिनिधिलाई १५ सयका दरले १ लाख १४ हजार भुक्तानी दिएको उल्लेख छ। तर वडासदस्य गकुले कामी २०७९ श्रावण १९ गतेनै भारत प्रस्थान गरेका हुन र वडा कार्यालयमा उनले हालसम्म सम्पर्क समेत गरेका छैनन्। वडाध्यक्ष गोबिन्द वलीका अनुसार उनी पारिवारिक सम्पर्कमा समेत नरहेको जानकारी प्राप्त भएको छ।

अब गम्भिर सवाल उठ्छ, हस्ताक्षर गरेर मात्रै भत्ता पाइने नगरसभामा गकुले कामीको १५ सय कस्ले बुझ्यो र कस्ले किर्ते हस्ताक्षर ग¥यो?

गुर्भाकोट नगरपालिकाको १२ औँ नगरसभा २०७९ माघ ४ गते सम्पन्न भएको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!