घुस लिएको आरोपमा बर्जु गाउँपालिकाका इन्जिनियर पक्राऊ

पढ्नै पर्ने

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा बर्जु गाउँपालिका, सुनसरीका इन्जिनियर अजय कुमार मेहतालाई पक्राउ गरेको छ।

घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट गएको टोलीले  इन्जिनियर मेहतालाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर मेहताले घर जग्गा नक्सा पास गर्नका निम्ति सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि हुन आएकोले उनी विरुद्ध बुधवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

आरोप पत्रमा मेहताले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निजलाई बिगो बीस हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को  दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना सजायसमेत हुने मागदाबी गरिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!