Sunday, December 8, 2024
spot_img

नक्कली शरणार्थी प्रकरणका दोषिलाई उन्मुक्ति दिए भयावह अवस्था सिर्जना हुने विवेकशील साझाको चेतावनी

काठमाडौं। विवेकशील साझा पार्टीले नक्कली शरणार्थी प्रकरणलाई सार्थक निष्कर्षमा पुर्याउन माग गरेको छ। पार्टीका अध्यक्ष समिक्षा बास्कोटाले शुक्रवार विज्ञप्ति जारी गर्दै दलीय पूर्वाग्रहका कारण दोषिलाई उन्मुक्ति दिइए भयावह अवस्था सिर्जना हुनसक्ने चेतावनी दिएकी छन्।

ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचीमा हरेक वर्ष अग्रसूचीमा नेपाल उक्लिरहेको तथ्यांकबीच नेपाल नक्कली भुटानी शरणार्थी प्रकरणले देश विश्वमै लज्जास्पद रुपमा चित्रण भइरहेकोप्रति विवेकशील साझा पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

नक्कली शरणार्थी प्रकरणमा संलग्न उच्च पदस्थ कर्मचारी र राजनीतिक दलका उच्च तहका नेताहरूसम्मलाई छानविनको दायरामा ल्याएर प्रशंसनीय काम गरिरहेकोप्रति विवेकशील साझा पार्र्टीले सरकारलाई धन्यवाद समेत दिएको छ र सरकारको यो कदम प्रति पूर्ण ऐक्यवद्धता रहने समेत जनाएको छ।

नक्कली शरणार्थी प्रकरण भ्रष्टाचारसँग सम्बन्धित विषय र मानवता विरुद्धको सङ्गठित अपराध भएकाले अन्तराष्ट्रिय जगतमा समेत नेपालको साख गुमिरहेको यो प्रकरणलाई सार्थक टुङ्गोमा पुर्याई दोषीलाई कारवाही गर्न कुनै प्रकारको दबाब, प्रभाव र राजनीतिक  सौदाबाजीमा नपर्न पनि विवेकशील साझा पार्टीले सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा भ्रष्टाचारका अन्य चर्चित काण्डहरू  वाइडबडी, यति, ओम्नी, एनसेल, ३३ केजी सुन, सेक्युरिटी प्रिन्टिङ प्रेस (सत्तरी करोड), सिसिटिभी फुटेज काण्ड, लडाकु शिविर, फोरजी, बालुवाटार जग्गा प्रकरण लगायतका भ्रष्टाचार काण्डलाई छानविन गरी दोषीलाई कारवाही गरेर दण्डहीनताको अन्त्य गर्न समेत विवेकशील साझा पार्टीले सरकारसँग माग गरेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!