सुर्खेतमा बन्दुकसहित तीनजना पक्राउ

पढ्नै पर्ने

सुर्खेत। पञ्चपुरी नगरपालिका-१० बस्ने ४५ वर्षीय जगतबहादुर खत्रीसहित तीनजनालाई भरूवा बन्दुक ३ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तातापानीबाट खटिएको प्रहरीले जगत बहादुर खत्रीसहित ३ जनाको घरबाट उक्त बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!