काठमाडौं। पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन। खाणलाई बुधबार बिहान उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो।
पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो। प्रहरीले त्यो अडियोमाथि पनि अनुसन्धान गरिरहेको छ।
सोही प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्। रायमाझिको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
यही प्रकरणमा पूर्वगृहसचिव रहेका तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।