नेपाली काँग्रेस बुद्धिजीवी विभाग कर्णाली प्रदेशको प्रथम बैठक सम्पन्न

पढ्नै पर्ने

सुर्खेत। नेपाली काँग्रेस पेशागत तथा बुद्धिजीवी विभाग कर्णाली प्रदेशको प्रथम बैठक सम्पन्न भएको छ। प्रदेश पार्टी कार्यालय वीरेन्द्रनगरमा शुक्रवार विभागका प्रमुख चित्रबहादुर रेग्मीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।

बैठकले सीता रावललाई विभागको उपप्रमुख र सर्जन बहादुर शाहीलाई विभागको सदस्य सचिव बनाउने निर्णय गरेको छ। यसैगरी विभागलाई पूर्णता दिन गुर्भाकोट ४ सुर्खेतका तेजबहादुर शाही, पञ्चपुरी ९ सुर्खेतका रामप्रसाद सापकोटा, वीरेन्द्रनगर ४ सुर्खेतका सविता शाह, सर्केगाड ६ हुम्लाका धनलाल रोकाया र सिंजा ३ जुम्लाका हमिन्द्रजंग शाहीलाई मनोनयनका लागि पार्टीको प्रदेश कार्यसमिति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बैठकमा प्रदेश कार्यसमितिका उपसभापति कालीबहादुर सहकारी र महामन्त्री कृष्णबहादुर रोकाया समेतको उपस्थिति रहेको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!