Sunday, April 14, 2024
spot_img

गुर्भाकोटका क्षयरोग संक्रमितलाई नगरपालिकाको ‘पोषण कोसेली’

सुर्खेत। गुर्भाकोट नगरपालिका भित्रका क्षयरोग संक्रमितहरुलाई पोषण कोसेली वितरण गरिएको छ। विश्व क्षयरोग दिवसका अवसरमा शुक्रवार नगर स्वास्थ्य शाखाले एक कार्यक्रम आयोजना गरि संक्रमितहरुलाई पोषण कोसेली वितरण गरेको हो।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम प्रसाद बजगाईँले गुर्भाकोट नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन विश्व क्षयरोग दिवसकै दिन संकल्प गरेर अघि बढ्नु पर्ने बताउनु भयो। बजगाईँले सबैको साझा प्रयासबाट गुर्भाकोट नगरपालिकालाई क्षयरोग मुक्त गर्न सकिने विश्वास पनि व्यक्त गर्नुभयो।

पालिकाको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत महेश कुमार पुरीले गुर्भाकोटमा क्षयरोग संक्रमित संख्या शून्यमा झार्न नगर स्वास्थ्य शाखाले क्षयरोग मुक्त पालिका बनाउने अभियान चलाएको र गाउँ गाउँबाट विभिन्न शिविर र स्वास्थ्य जाँच मार्फत क्षयरोग जाँच गरि संक्रमित देखिए औषधि उपचारको दायरामा ल्याईने जानकारी दिनुभयो।

कार्यक्रममा गुर्भाकोट नगरपालिका भित्र क्षयरोगको औषधि सेवन गरिरहेका २७ जना संक्रमितलाई पोषण कोसेली वितरण र स्वास्थ्य जाँच गरिएको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!