गुर्भाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बजगाईँको स्वागत

पढ्नै पर्ने

सुर्खेत। लामो समय प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको गुर्भाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव पदम प्रसाद बजगाईं आउनु भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७९ फागुन ३ गतेको निर्णय बमोजिम उपसचिव बजगाईँलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा गुर्भाकोट नगरपालिकामा खटाइएको हो।

मङ्गलवार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख हस्त पुन, उपप्रमुख मैना वि.क लगायत जनप्रतिनिधिहरुकर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत बजगाईँको स्वागत गरे। 

स्वागत कार्यक्रममा बोल्दै उपप्रमुख मैना वि.क.ले बजगाईँलाई कुनैपनि दबाबमा नपरी उत्कृष्ट कार्यसम्पादन गर्ने दिशामा अघि बढ्न आग्रह गर्नुभयो। कार्यक्रममा नगरप्रमुख पुनले पछिल्लो समय शाखाहरुबीचको समन्वय र सेवा प्रवाह सन्तोषजनक नभएको भन्दै अब कार्यालय प्रमुख बजगाईँको नेतृत्वमा परिणाममुखी काम गर्ने दिशामा अघि बढ्न निर्देशन दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत बजगाईँले आजै प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गर्नुभएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!