Tuesday, January 21, 2025
spot_img

मेहेलकुनाका ‘सचिव साउजी’ सम्मानित

सुर्खेत। सिम्ता तथा गुर्भाकोट क्षेत्रमा ‘सचिव साउजी’का नामले प्रख्यात पुराना व्यापारी नरबहादुर पुनलाई सम्मान गरिएको छ। मेहेलकुनास्थित सिम्ताली कम्पलेक्समा आजदेखि सञ्चालनमा आएको सिम्ताली ज्वैलर्सको नयाँ शो रुम उद्घाटन कार्यक्रमका अवसरमा उहाँलाई सम्मान गरिएको हो।

यसक्षेत्रमा व्यापार व्यवसायको जग बसाल्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पुनलाई सिम्ताली ज्वैलर्सका सञ्चालक चक्रबहादुर सुनारले दोसल्ला ओढाई सम्मान गर्नुभएको हो। सिम्ताली ज्वैलर्सले पुराना व्यापारी पुनलाई मायाको चिनो समेत प्रदान गरेको छ।

वर्षौ पहिले तामागाकडा गाविसको सचिव भएर केही समय काम गरेका कारण पुनलाई आजसम्म पनि ‘सचिव साउजी’ भनिदै आएको छ।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना वि.क, गुर्भाकोट ८ का पूर्व वडाध्यक्ष चित्रबहादुर रेग्मी, गुर्भाकोटका विभिन्न वडाका वडाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो। सुनचाँदीका क्षेत्रमा विगत २ दशकभन्दा लामो समयदेखि सेवारत सिम्ताली ज्वैलर्सले आजदेखि आफ्नै भवन सिम्ताली कम्पलेक्सबाट समेत सेवा दिन सुरु गरेको छ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!