सुर्खेत। नेपाली काँग्रेस गुर्भाकोट—६ को वडा कार्यसम्पादन समितिको बैठकले वडा कार्यालयको भवन कटपङ्गै चौरमा बनाउने सर्वसम्मत निर्णय गरेको छ। बुधवार बसेको काङ्ग्रेसको वडा कार्यसम्पादनको बैठकले सातमूले र बडाखोलीको बीचमा पर्ने कटपङ्गै चौरमा वडा कार्यालय बनाउने निर्णय गरेको वडा सभापति रुद्रबहादुर वलीले जानकारी दिनुभयो।
लामो समयदेखि वडाको केन्द्रका विषयमा विवाद भएपछि अघिल्लो कार्यकालको वडा समितिले वडा कार्यालय बनाउन सकेको थिएन।
गुर्भाकोट—६ का सम्पूर्ण जनप्रतिनिधिहरू नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित भएका कारण पनि अब वडा कार्यालय कटपङ्गै चौरमा बन्ने पक्कापक्की भएको नेपाली काँग्रेस गुर्भाकोट ६ का सचिव चन्द्रप्रकाश रोकायले बताउनु भयो।
पार्टीले कटपङ्गै चौरमा वडा कार्यालयको भवन बनाउने निर्णय गरेपनि वडाका सरोकारवालाहरूसँग थप छलफल गरेर वडा समितिले निर्णय गर्ने वडाध्यक्ष गोविन्द वलीको भनाई छ।