जाजरकोट। ज्योति विकास बैंक जाजरकोट शाखाले भेरी ज्ञानोदय बहुमुखी क्याम्पसलाई पुस्तक सहयोग गरेको छ। मङ्गलवार क्याम्पस परिसरमा एक कार्यक्रम आयोजना गरि पुस्तक हस्तान्तरण गरिएको हो।
बैंकका शाखा प्रबन्धक वीरेन्द्र बहादुर ऐडीले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसलाई पुस्तक सहयोग गरेको बताउनु भयो।
यसअघि क्याम्पसले २०७९ भदौमा बैंकलाई पत्र लेखी क्याम्पसको पुस्तकालयका लागि पुस्तक सहयोग गर्न आग्रह गरेको थियो।
पुस्तक हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।