मेहेलकुना स्कुलको सयौँ रोपनी जग्गा खोई?

पढ्नै पर्ने

 सुर्खेत। गुर्भाकोट नगरपालिका वडा नं. ८ स्थित मेहेलकुनामा रहेको सूर्यज्योति माध्यामिक विद्यालय यस क्षेत्रकै सबैभन्दा पुरानो मध्येको एउटा विद्यालय हो। वि.सं. २०२७ सालमा स्थापना भएको यो विद्यालयको जग्गाजमिन पनि प्रशस्त मात्रामा रहेको जानकारहरू बताउँछन्। जानकारहरूका अनुसार यो विद्यालयसँग २ सय १६ रोपनीभन्दा बढी जग्गा रहेको थियो। कर्णाली पोस्ट डटकमको सामाजिक उत्तरदायित्व र सार्वजनिक सम्पत्ति संरक्षण अभियान अन्तर्गत हामी यो विद्यालयको सयौँ रोपनी जग्गा कहाँ कहाँ छ? के मा प्रयोग भइरहेको छ भन्ने विषयमा खोजी थालेका छौं।

सूर्यज्योति मा.वि.का  प्रधानाध्यापक हिक्मत रोकासँग विद्यालयको जग्गा कति छ र कहाँ कहाँ छ भनेर हामीले जानकारी मागेका छौं। प्रधानाध्यापक रोकाले उपलब्ध गराउनु भएको जग्गाधनी पुर्जामा भएको विवरण अनुसार सुर्खेत कोटमाझखर्क नक्सा नं. ६ध को कित्ता नं. १ मा ३४ रोपनी १० आना ३ पैसा जग्गा रहेको पाइएको छ। यसैगरी कोटमाझखर्क ६ण को कित्ता नं. २ मा ३५ रोपनी ६ आना १ पैसा जग्गा रहेको छ। कोटमाझखर्कको १ज्ञ।३को कित्ता नं. ३ मा ३४ रोपनी २ आना १ पैसा र ९ज्ञ।४को कित्ता नं. ३ मा १० रोपनी १२ आना २ दाम जग्गा रहेको जग्गाधनी पुर्जामा उल्लेख छ।

यसैगरी कोटमाझखर्क ७व को कित्ता नं. ३ मा ३ रोपनी १४ आना २ पैसा, कोटमाझखर्क ६ण को कित्ता नं. १ मा ४ रोपनी ३ आना २ पैसा, कोटमाझखर्क ९भ को कित्ता नं. १ मा १५ रोपनी १४ आना, कोटमाझखर्क ६व को कित्ता नं. १ मा ५ रोपनी ४ आना ३ पैसा र कोटमाझखर्क ६त को कित्ता नं. ७ मा १९ रोपनी १३ आना २ पैसा ३ दाम जग्गा रहेको पाइएको छ।

विद्यालयमा भएको जग्गाधनी पुर्जामा भएको विवरण अनुसार कुल १ सय ६४ रोपनी २ आना जग्गा हाल विद्यालयका नाममा देखिन्छ।

९ वटा फरक फरक कित्तामा रहेका जग्गाहरू विद्यालयको सम्पत्तिको रुपमा जग्गाधनी पुर्जामा भएको भएपनि कतिपय जग्गा कहाँ कहाँ छन र के के मा प्रयोग भइरहेका छन् भन्ने यकिन विवरण विद्यालयसँग पनि छैन। 

जानकारहरूले बताउने गरेको २ सय १६ रोपनी जग्गा मध्ये पुर्जामा भएको १ सय ६४ रोपनी घटाएर बाँकी हुन आउने ५२ रोपनी जग्गा कहाँ हरायो र पुर्जामा भएको जग्गा कहाँ कहाँ कस्तो अवस्थामा छन भनेर हामीले खोजी थालेका छौं। विद्यालयको पुरै जग्गाको स्थिति बारे टुङ्गोमा नपुगेसम्म हामी निरन्तर यो विषयलाई फलो गर्नेछौँ र प्रकाशन गर्दै जानेछौँ। आगामी मंगलबार बेलुका हामी पुर्जामै उल्लेख नभएको ५२ रोपनी जग्गाको विस्तृत विवरण प्रकाशन गर्नेछौँ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।