Monday, January 20, 2025
spot_img

गुमीमा बृहत् आँखा उपचार शिविर सम्पन्न

सुर्खेत। गुर्भाकोट नगरपालिकाको गुमी स्वास्थ्य चौकीमा बृहत आँखा उपचार शिविर सम्पन्न भएको छ। गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखा, १३ नं वडा कार्यालय र गुमी स्वास्थ्य चौकीको संयुक्त आयोजनामा शुक्रवार १ दिने बृहत् आँखा उपचार शिविर सम्पन्न भएको हो।

शिविरमा १ सय ५० पुरुष र २ सय ९० महिला गरि ४ सय ४० जना बिरामीहरूले सेवा लिएको शिविर आयोजक संस्था गुमी स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक पूर्ण घर्तीले जानकारी दिनु भयो। चेकजाँच गरेका मध्ये ३२ जना बिरामीहरूको आँखा शल्यक्रिया गर्नुपर्ने भएकाले ती बिरामीहरूको फागुन १५ र १६ गते सुर्खेत आँखा अस्पतालमा शल्यक्रिया हुने घर्तीले बताउनु भयो।

नेपाल रेडक्रस सोसाइटी र सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उपचार शिविरका लागि नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम, सुर्खेत र सिविएम संस्थाले आर्थिक सहयोग गरेका थिए।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!