गुर्भाकोटमा कर्मचारीको प्रतिवद्धता टाँसियो, कतिपय कर्मचारीले हस्ताक्षर गरेनन्

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिकाले कर्मचारीका १० बुँदे प्रतिवद्धता पालिकाको गेट नजिकै सेवाग्राहीले देख्ने गरि टाँस गरेको छ। बुधवार देखि प्रतिवद्धता पत्रको ब्यानर पालिकामा राखिएको हो। यसअघि बिहीवार कार्यपालिका सदस्यहरु र पालिकाका कर्मचारीको संयुक्त बैठकले सुशासन प्रवर्द्धन र सेवा प्रभावमा परिणाममुखी काम गर्न १० बुँदे प्रतिवद्धता सार्वजनिक गर्ने निर्णय भएको थियो। 

कर्मचारीको प्रतिवद्धतामा सामान्य अनुशासनदेखि तोकिएको पोशाक र परिचय पत्र देखिने गरि झुन्ड्याउनु पर्ने विषयहरु समेत समेटिएका छन्। प्रतिवद्धता पत्रमा दिउँसो २ देखि ३ बजेसम्मलाई खाजा समय समेत तोकिएको छ। खाजा समय बाहेक अन्य समयमा कर्मचारी आफू कार्यरत शाखामै बसेर कार्यसम्पादन गर्नु पर्नेछ। यसअघि कुनैपनि समय कुनै पनि कर्मचारी पालिका बाहिरका चिया पसलहरुमा बसिरहेका हुन्थे।

केही कर्मचारीले आफ्नै प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेनन्

यसैगरी सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा कर्मचारीहरुले नै हस्ताक्षर गरेका छैनन्। बुधवार पालिकाको हाजिरी रजिस्टर अनुसार ४१ जना कर्मचारी उपस्थित भएको देखिन्छ। यता प्रतिवद्धता पत्रमा भने ३० जना कर्मचारीले मात्र हस्ताक्षर गरेका छन्। यद्यपि को को कर्मचारीले किन प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेनन् भन्नेबारेमा भने नगरपालिकाले केही खुलाएको छैन।
हेर्नुस् पालिकामा राखिएको प्रतिवद्धता पत्र र ३० जनाको हस्ताक्षर

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।