Monday, October 7, 2024
spot_img

नगरसभामा सदस्यहरूले ‘पालिका जाने मुख्य बाटो कहिले बन्छ भनेर सोध्ने आँट गर्लान?’

सुर्खेत। गुर्भाकोट नगर पालिकाको मुख्य कार्यालय शुभाघाट जाने मुख्य प्रवेशद्वार वर्षौ देखि अलपत्र छ। मेहेलकुना बजारबाट भेरी पुल तर्फ जाने बाटो वर्षौँदेखि नबन्दा आवत जावत गर्ने र स्थानीयवासीहरूले सास्ती भोग्दै आएका छन्।

यो प्रवेशद्वार हुँदै हरेक दिन नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु समेत आवतजावत गर्छन तर यो बाटो तत्काल बनाउनु पर्छ भनेर कसैले बोलेको सुनिँदैन। झन यही साँघुरो बाटोबाट क्रसर बोक्ने टिप्पर र ठूला बसहरू समेत आवतजावत गर्न थालेपछि छेउबाट मोटर साइकल चालकले साइड पाउन पनि मुस्किल हुन्छ।

केही जनप्रतिनिधिसँग जानकारी माग्दा यो बाटो १ बर्ष अगाडि नै ठेक्का प्रक्रियामा गइसकेको बताउँछन् तर तीनै जनप्रतिनिधिले ठेकेदार लाई किन भन्न सक्दैनन्; ठेकेदारज्यू! १०० मिटर बाटो बनाउन १ वर्ष होइन, १ दिन मात्र लाग्छ भनेर?

बुधवार गुर्भाकोट नगरपालिकाको १२ औं नगरसभा बस्दै छ। यो नगरसभामा वडा नं. १२, १३ र १४ बाहेकका थुप्रै जनप्रतिनिधिहरू यही बाटो प्रयोग गरेर जाने छन्। तर उब्जिएको प्रश्न के हो भने नगर सभामा जाने कुनै एउटा सदस्यले; माननीय अध्यक्षज्यू ! यो पालिकाको मुख्य प्रवेशद्वारको बाटो कहिले बन्छ भनेर सोध्ने आँट गर्लान्?

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!