सुर्खेत। गुर्भाकोट नगरपालिकाको उद्योग शाखा प्रमुख आइती चौधरीले कर्णाली पोस्टमा मंगलबार प्रकाशित बिदा स्वीकृत नगराई ५ कर्मचारी अनुपस्थित शीर्षकको समाचारबारे प्रष्टिकरण दिनु भएको छ। चौधरीले आफू बिरामी भएका कारण इमर्जेन्सी बिदा बस्नु परेको प्रष्टिकरण दिनुभएको हो।
चौधरीले कर्णाली पोस्टलाई पठाउनु भएको अस्पतालका कागजातमा माघ २ गते अपरान्ह ४ बजे कर्णाली केयर अस्पतालमा स्वास्थ्य जाँचका लागि गएको उल्लेख छ। चेकजाँच पछि फेरी माघ ३ गते अत्यधिक दुखाई बढेपछि बिहान ६ः२० बजे पुनः अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएको उल्लेख छ। उपचारपछि मंगलवार दिउँसो २ः३० डिस्चार्ज भै चौधरी वीरेन्द्रनगरस्थित निवासमा आराम गरिरहनु भएको छ।
चौधरीले आफू बिरामी भएको र कार्यालय आउन नसक्ने जानकारी नगर प्रमुख र आफ्नो शाखाका सबैलाई दिएको पनि बताउनु भएको छ। प्रमुख प्रशासकीय अधिकृतको फोन नउठेका कारण जानकारी दिन नसकिएको पनि चौधरीले बताउनु भयो।
यसअघि कर्णाली पोष्ट डटकम र रेडियो आरम्भ ९७.५ एफ.एम.ले प्रशासन शाखामा हाजिरी रजिस्टर हेर्दा र जानकारी लिँदा शाखा प्रमुख चौधरी सहित ५ जना कर्मचारी अनुपस्थित रहेको समाचार कर्णाली पोस्टमा प्रकाशित भएको थियो।
हेर्नुस यसअघि प्रकाशित समाचारः गुर्भाकोट नगरपालिका छड्केः बिदा स्वीकृत नगराई ५ कर्मचारी अनुपस्थित