सुर्खेत। गुर्भाकोट नगरपालिकामा बिदा स्वीकृत नगराई ५ कर्मचारी अनुपस्थित भएको पाइएको छ। मङ्गलवार रेडियो आरम्भ ९७.५ एफ.एम. र कर्णाली पोस्टले छड्के जाँच गर्दा ५ जना कर्मचारी अनुपस्थित भएको पाइएको हो।
गुर्भाकोट नगरपालिकाका प्रशासन अधिकृत एवं सूचना अधिकारी चित्रबहादुर ढकालका अनुसार उद्योग शाखा प्रमुख आइती चौधरी, स्वास्थ्य शाखाका अधिकृतहरू अनन्त खत्री र यज्ञ पन्त, महिला विकास निरीक्षक बिमला वि.क. र सहायक महिला विकास निरीक्षक तुल्सी कुमारी बि.सि अनुपस्थित रहेका छन्। सूचना अधिकारी ढकालले अनुपस्थित कसैले पनि विदाको निवेदन या भ्रमण आदेश नलिएको जानकारी दिनुभयो।
कतिपय कर्मचारी कार्यालयमा उपस्थित भएपनि हाजिर नगरेको पनि ढकालले बताउनु भयो।
गुर्भाकोट नगरपालिकामा ७५ जना कर्मचारी कार्यरत रहेका छन्। गुर्भाकोट नगरपालिकाको ११ औं नगर सभा माघ ४ गते बुधवार बस्दैछ। नगर सभाको पूर्वसन्ध्यामा कर्मचारीहरू बिदा स्वीकृत नगराई अनुपस्थित भएका हुन्।
यो पनि हेर्नुहोसः गुर्भाकोटमा कर्मचारी अनुपस्थित समाचारबारे शाखा प्रमुख चौधरीको प्रष्टिकरणः म बिरामी छु ( उपचारका कागजात सहित )