काठमाडौंका बैठक छोडेर मेलामा आएको हुँः काँग्रेस उपसभापति खड्का (भिडियो सहित)

पढ्नै पर्ने

सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काठमाडौंका बैठकहरु छोडेर गुर्भाकोटका मेलामा सहभागिता जनाएको बताउनु भएको छ। नेपाल मगर संघ गुर्भाकोट नगर कार्यसमितिले आज माघ १ गते आयोजना गरेको माघी पर्व कार्यक्रममा बोल्दै उपसभापति खड्काले आफू काठमाडौंका बैठकहरु छोडेर गुर्भाकोटका मेलाहरुमा सहभागि बनेको बताउनु भएको हो।

आफूले निर्वाचनका बेलामा सुर्खेत १ का जनतासाग गरेको वाचा अक्षरस पुरा गर्ने भन्दै खड्काले सरकार गठनमा तलमाथि भएपनि सुर्खेत १ का विकासका कुनैपनि योजना पुरा गर्न समय नलाग्ने बताउनु भयो।

नेता खड्काले आइतवार गुमी माघि मेलाको समापन, मेहेलकुनामा मगर मेलाको उद्घाटन र बोटेचौर माघि मेलाको उद्घाटन गर्नुभएको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।