सुर्खेत। गुर्भाकोट ९ बोटेचौरमा माघे सक्रान्तिका अवसरमा लाग्ने माघी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। माघी मेला यसवर्ष माघ १ गते देखि ७ गते सम्म लाग्ने छ।
मेलाको तयारी अन्तिम चरणमा पुगेको र मेलालाई नेपाली काङ्ग्रेसका उपसभापति एवं सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर खड्काले उद्घाटन गर्ने मेला समितिका अध्यक्ष नवीन सुनारले जानकारी दिनुभयो।
मेलामा हुड्के नाच, मयुर नाच, पञ्चे बाजा र सिँगारु नाच मुख्य आकर्षणको रुपमा रहने छन्। राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत मेलामा प्रस्तुती रहने आयोजकले जनाएको छ।
बोटेचौर बजार व्यवस्थापन समितिले मेलाको आयोजना गरेको हो।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।